Saturday, June 29, 2013

गजल


कहाँदेखि बग्छौ कहाँसम्म पुग्छौ !
नपाएर थाहा स्वयम् भित्र सुक्छौ !

तिमीमा छ तिर्खा तिमीमै छ पानी
दुई हात थाप्दै बिनाकाम झुक्छौ !

सबै जान्न सक्ने छ खूबी तिमीमा
अहोभाग्य आफ्नै नजानेर चुक्छौ !

अँध्यारो लखेट्ने छ गन्तब्य तिम्रो
छिटो बाल दीयो कतिन्जेल रूक्छौ !

No comments:

Post a Comment