Monday, July 15, 2013

गजल

मनमा करुणा ममता नभए
जति जे गर मानवता नभए !

दिनरात सधैँ घरमा झगडा
छ विकास कहाँ समता नभए !

पछि नै बसी साथ दिए त हुने
किन सर्नु अघि क्षमता नभए !

गर राज्य तिमी गर शासन नै
तर देश कहाँ जनता नभए !

No comments:

Post a Comment