Wednesday, September 9, 2009

गजलसन्ध्या र विमोचन

(नेपाल समाचारपत्र, २०६६ भाद्र १५ गते सोमबार)
लामो समयदेखि गजललेखनमा सक्रिय दम्पती विभोर बराल र सप्रेम अर्चनाका प्रत्यक्ष गाइएका गजलहरूको डीभीडी हाम्रो सपनाको शनिबार राजधानीमा विमोचन गरिएको छ। यही दम्पतीकै नवीनतम गजलसंग्रह क्रमशः उड्दै गए सपनाहरू र सपना कहाँ छुन सक्छु र- को पनि सोही अवसरमा विमोचन गरिएको थियो। डीपी भण्डारी, रत्नसम्सेर थापा, ललिजन रावल, राजेन्द्र थापा र देवी नेपालले यसको संयुक्त रूपमा विमोचन गरेका थिए।उपलब्धि प्रकाशन सेवा प्रालि र तन्नेरी डटकम मासिक पत्रिकाको आयोजनामा गजलसन्ध्या नाम दिइएको प्रत्यक्ष गजल गायन कार्यक्रमको समेत आयोजना गरिएको थियो, जसमा रमेश पोखरेल र सञ्जय तुम्रुकले विभोर बराल, सप्रेम अर्चना, जनक पौड्याल र विपिन मिश्रका नेपाली गजल गाएका थिए। तीन घन्टाको गजल गायनमा उनीहरूले विमोचित संग्रह र उपस्थित श्रोताका फर्माइसमा अन्य नेपाली र हिन्दी गजलसमेत गाएका थिए।

(http://74.125.153.132/search?q=cache:TxF7Vlobd8oJ:www.newsofnepal.com/new/detailnews.php%3Ftype%3Dsamachaar%26cat%3D11%26id%3D27738+%E0%A4%B8%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE+%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%A8%E0%A4%BE&cd=6&hl=en&ct=clnk&gl=np)

No comments:

Post a Comment