सजिरा'छ कतै दरबार अझै
डुबिरा'छ कतै घरबार अझै
डुबिरा'छ कतै घरबार अझै
जमिरा'छ कतै मन चिन्तनमा
उठिरा'छ कतै तरबार अझै
चुपचाप बसे भगवान तर
डुलिरा'छ कतै अवतार अझै
किन स्वागत भो परिवर्तनको
मन माथि रह्यो गजबार अझै
जनता लुटिए नहुँदा नियम
चलिरा'छ कतै सरकार अझै
साह्रै शक्तिशाली गजल! गजलको बारेमा मैले बोल्नु दुस्साहस हो मेरो, तर पनि यति भने भन्नै मन लाग्यो, अन्तिम शेर अरु हेरी बलियो नभएको हि कि जस्तो लाग्छ। यो शेरले उठाएको विषय र शब्द-चयन त्यति नवीन नभएर हो कि किन हो, अलिक फिका लाग्यो।
ReplyDeleteछुच्याईका लागि माफी चाहन्छु, माथिनै भनिसकें गजलमाथि टिप्पणी मेरो वशको कुरो होईन भनेर:)