जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो
माया मार्नु तिम्रो बाध्यता
आँशु झार्नु मेरो विवशता
हामी दुईले गर्न सक्ने अरू के नै दियो
जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो
दबाएर मनको चाहना
गर्यौँ समयको सामना
आउला एकदिन सुख भन्दै
मनमनै गरेर कामना
सङ्घर्षमा जल्दा जल्दै निभ्यो आशाको दीयो
हामी दुईले गर्न सक्ने अरू के नै थियो
जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो
Saturday, November 1, 2008
रङ्ग यात्रा २०६५
यात्रा अनेक प्रकारको हुन्छ। कुनै न कुनै उद्देश्य बोकेको यात्राले केही न केही ज्ञान त दिलाउँछ नै साथमा मनोरञ्जन पनि प्रदान गर्छ। जिन्दगीमा अतीतका पानालाई रङ्गीन बनाउन यात्राका मीठ पलहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। मीठो सझनाको रुपमा हृदयमा घुमिरहने ती दृष्यहरू मनोरम र अकल्पनीय हुन्छन्। यस्तै यात्राहरू मध्ये विशेष रङ्गयात्रा २०६५ मेरोलागि अत्यन्त लाभदायक यात्रा रह्यो।
सधैँको व्यस्ततालाई पन्छाएर २०६५-३-६ शुक्रबार सुरु गरिएको रङ्गयात्रामा विशेष अतिथिको रुपमा प्र डा डिपि भण्डारी रहनुभएको थियो भने विशिष्ट साहित्यकार मञ्जुल लगायत साहित्यानुरागी र सञ्चारकर्मी सहभागी हुनुन्थ्यो। तेइसजना सम्मिलित यो साहित्यिक यात्रा आन्तरिक पर्यटन प्रवर्धनका निमित्त रङ्ग नेपाल, इमरी ट्राभल्स र नेपाल टुरिजम बोर्डको सहकार्यमा आयोजना गरिएको थियो।
शब्दशील्पिहरूसँगको यात्रा निकै लाभदायक हुँदोरहेछ। यात्राको आरम्भमा नै कवि मञ्जुलले गीत गाएर सबैलाई उत्साहित बनाउनु भयो। सबै सहभागीका गीत, गजल, कविता, चुट्किला बारम्बार प्रस्तुत भइरहन्थे। यात्राको मजा छुट्टै अनि सहयात्रीका प्रस्तुतिको मजा छुट्टै। एकै पटक धेरै कुराको आनन्द लिन पाइयो रङ्ग यात्रामा। रङ्ग यात्रा सझिँदा आजसम्म पनि मनमा उमङ्ग छाउँछ।
तीन दिनको यात्रामा हामीले चितवनको सौराहा, तनहुँको बन्दीपुर र कास्कीको पोखराको सैर गर्यौँ। छोटो समयमा गरिएको धेरै ठाउँको यात्रा अपूरो हुने रहेछ। तर, यात्रा पूरा त कति समयमा पो हुन सक्ला र! त्यसैले यात्रा हामीले सक्ने जति सफल बनाउन हामी निरन्तर गुडिरह्यौँ, हिँडिरह्यौँ अनि रमाइरह्यौँ। डिपिसरका ज्ञानमूलक वक्तव्यले हामीलाई उत्साहित बनायो भने मञ्जुलदाइका कविता, श्रीओम श्रेष्ठ रोदनको लघुकथा, रोशन थापा निरवको कविता निकै रमाइला लागे। छन्दमा गाइएका भूषिताका कविताले सबैको मन प्रफुल्लित पार्यो। गायक दिवा राईले गाएको डद्दज्ञज्ञ 'बैगुनी छ्यौ भनूँ भने' भन्ने गीत हामी सबैले गुनगुनायौँ।
अभिशेषले भने बसमै कसैले नगरेको ट्याङ्गो नाच देखाए। डा शशीले कविता सुनाए भने बुद्धि स्याङ्देनले ओमर खैयामका रुवाइहरू प्रस्तुत गरे। पृथक प्रतिभा बोकेका रङ्गयात्रीहरू आफ्नो हातमा माइक आउने समय पर्खिरहन्थे। श्रृष्टि श्रेष्ठ कहिले कविता त कहिले गीत गाइन्। प्रिक्षा खकुरेलले आफैँले लेखेको गीत गाएर सुनाइन्। अशोक प्यासी राईले आफ्नै एलबमको गीत सुनाए। प्राय मौन रहने स्वर्णिमाले पनि माहौल अनुसार कविता सुनाइन्। कार्यक्रमका संयोजक सबैका निर्मल थापा बारेमा बोल्थे र बेलाबखत कविता सुनाउँथे। तीन दिने यात्रालाई सफल पार्न उनले गरेको मिहिनेत प्रसंसायोग्य छ। विभोर बरालले कहिले गीत त कहिले गजल प्रस्तुत गरे। सुरज पोखरेलका चुट्िकला सबैले रमाइको मानेर सुने।
यस्तै सुन्दै सुनाउँदै तीन दिनको यात्रा रङ्गीन बनाउँदै हामी सौराहा, बन्दीपुर र पोखरा घुमेर २०६५३८ आइतबार काठमाडौँ फर्कियौँ। ती दिनहरू सझेर मन अरुैसम्म पुलकित हुन्छ।
मनोरञ्ज्ान मात्र नभई आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य समेत बोकेका कारण रङ्गयात्रा २०६५ निकै प्रभावकारी बन्यो। वर्षै पिछे यस्ता रङ्गीन यात्राहरू जारी रहुन्, मेरो शुभकामना र अविस्मरणीय यात्राको अवसर प्रदान गरेकोमा रङ्गनेपाल र रङ्गयात्रीलाई धेरै धन्यवाद।

Subscribe to:
Posts (Atom)